Wednesday, 25, May, 2022 info@saipalnews.com

सीवाइसी लघुवित्तको आईपिओमा कति परे आवेदन हेर्नुस्

काठमाडौं ४ वैशाख । सीवाइसी लघुवित्तले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बैशाख ४ गते, आइतबार ५  बजेसम्ममा १४ लाख २८ हजार ४ सय ४२ आवेदनबाट एक अर्ब ६३ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको एक करोड ६३ लाख ४४ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको हो । यस आधारमा लघुवित्तको आईपीओका लागि ४४.२३ गुणा बढि आवेदन परेको छ ।

लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो।

सीवाइसी लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।