Wednesday, 18, May, 2022 info@saipalnews.com

एमालेका प्रस्तावित अध्यक्षका उमेदवार खड्का माओवादी केन्द्रमा प्रवेश ।

काठमाडौं ५ वैशाख । दोलखाको गौरीशंकर गाउँपालिका झ्याकुका लोकप्रिय नेता एवं  एमालेबाट वडा ३ का प्रस्तावित वडा अध्यक्षका उमेदवार अनिल खड्का एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खड्कालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज देवी खड्का, युवा नेता एवं वाग्मती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का, संस्थापक नेता संकर लामा, गोपाल पाण्डे, जिल्ला संयोजक कुलवहादुर बुढाथोकी लगायतका नेताहरुले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।