Sunday, 22, May, 2022 info@saipalnews.com

सिए अधिकारीलाई बिर्तामोडका जनताले मेयर किन बनाउने ? यस कारण बनाउने !

काठमाडौं । समय फेरियो,परिवेश फेरियो,व्यवस्था पनि फेरियो,तर अवस्था भने कहिलै फेरिएन । फेरियो त केवल नेताहरुको जीवनशैली फेरियो, रबैया फेरियो । उनीहरुका आफ्न्तको जीवनशैली रातारात फेरियो । तर,स्थानीयको जीवनशैली कहिले फेरिएन ।

समयको विभिन्न कालखण्डमा देशले विभिन्न समस्या झेल्यो । जनताहरुले धेरै दुःख पाए । जसका कारण उनीहरुको उठिबास लाग्यो,भोक,शोक, रोगको सामना गर्नु पर्यो । तर,जनताको जीवनशैली परिर्वतन गर्छु,भन्दै राजनीतिमा होमिएका पाखण्डीहरुले आफ्नो जीवनशैली मात्र फेरे । त्यसैले अहिले समय आएको छ । हुन त समाज एकै दिनमा त परिर्वतन हुँदैन,तर उज्यालो कुरेर बस्ने कि बत्ती बालेर उज्यालो बनाउने भन्ने हाम्रो इच्छाशक्ति र विवेकमा भर पर्छ ।

देशमा गर्नुपर्ने कामहरु यति धेरै छन् कि एक जनाले पहाड चढ्दैमा,एक जनाले तक्मा थाप्दैमा केही हुनेवाल छैन । तर पनि हामीले त्यस्तो मान्छेलाई टुप्पोमा ठेल्नुपर्छ । जसले तलकालाई भर्याङ दिन सकोस् र सबैका निम्ति मैदान बनाउन सकोस् । हामीले त्यस्तो नेतृत्वलाई चुन्नुपर्छ,जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन,समुदाय र सामूहिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस् ।

यी अठोटलाई आत्मा साथै गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचानमा झापाको बिर्तामोड नगरपालिकाको मेयरमा सिए प्रञ्जल अधिकारीले आफ्नो उम्मेदवार घोषणा गरेका छन् । पछिल्लो समय नेपालका राजनीतिक दलबाट बिछिप्त बन्दै गएका जनता र युवाहरुको माग र सुन्दूर नगरको परिकल्पना गर्दै सिए अधिकारीले बिर्तामोडमा मौलिक जरोकिलो पार्टीबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्  ।

सिए अधिकारीले बिर्तामार्ड नगरपालिकालाई सफा–सुन्दर र व्यवस्थित नगर बनाउन अघि सारेका एजेन्डाहरु यस्ता छन् । 

नेपालको संबिधान २०७२ को धारा ५७ को उपधारा ४ मा भएको व्यवस्था बमोजिम, संबिधानको अनुसुची ८ मा स्थानिय सरकारको २२ बुंदे कार्यक्षेत्र ।

१.नगर प्रहरी

२.सहकारी संस्था

३.एफएम सञ्चालन

४.स्थानीय कर संकलन

५.स्थानीय सेवाको व्यवस्थापन

६.स्थानीय तथ्यांक र अभिलेख संकलन

७.स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू

८.आधारभूत र माध्यमिक शिक्षा

९.आधारभूत स्वास्थ्य र सरसफाइ

१०.स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ

१२.गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

१३.स्थानीय अभिलेख व्यवस्थापन

१४.घर जग्गा धनी पुर्जा वितरण

१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

१६.ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

१७. बेरोजगारको तथ्यांक संकलन

१८.कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण

१९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

२०. विपद व्यवस्थापन

२१.जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

२२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

हाम्रो एजेण्डाः सुशासन सहितको दिगो बिकास

दिगो बिकास सहित वैज्ञानिक सत्ययुग निर्माण सुनिश्चत गर्ने हाम्रो लक्ष्यहरुः

१.गरीबी विहिन

२.शुन्य भोकमरी

३.राम्रो स्वास्थ्य र समृद्ध जिवनस्तर

४.गुणस्तरीय शिक्षा

५.लौङ्गिक समानता

६.स्वच्छ पानी तथा सरसफाई

७. खर्चले धान्न सक्नो स्वच्छ उर्जा

८.मर्यादित काम र आर्थिक वृद्धि

९.उद्योग प्रवर्तन र पूर्वाधार

१०.असमानतालाई घटाउने

११.सहरहरु र समुदायहरुको दिगोपन

१२.उपभोग र उप्तादनमा जिम्मेवारीपन

१३.जलबायु सम्बन्धीत कार्य

१४.जलमुनिको जिवन

१५.भूसतहको जिवन

१६.शान्ती, न्याय र सुदृढ संस्थाहरु

१७. लक्ष्यहरुको निम्ती साझेदारी

सुशासन सुनिश्चत गर्ने हाम्रो कार्यपद्यतीका आधारशिलाः

१.विज्ञानको बुद्धि

२.प्रविधीको प्रगती

३.धर्मको विवेक

४.सहृदयताको सम्बन्ध

पालिकाका बिगतका निति तथा कार्यक्रम आफैमा उत्कृष्ठ छन् । समस्या भनेको कार्यान्वयन र व्यवस्थापनामा हो । हामी व्यवस्थापना र कार्यान्वयनका लागि सक्षम र ढृण छौ । कार्य योजना निर्माणका क्रममा पालिकामा यकिन तथ्याङ्क नभेटिएकोले, अंक सहितको कार्य योजना तयार गर्न सकिएन । हाम्रा कार्यगत योजना यस्ता छन् ।

छोटो अबधि योजना

१.लाम्खुट्टे नियन्त्रणको लागी औषधी प्रयोग

२.Smart तथा महिला मैत्री सार्वजनिक शौचालय निर्माण २ थान

३.मुख्य बजार बाटोमा बिज्ञापन पोस्ट सहितको सोलार सडक बत्ति

४.सरकारी जग्गामा एउटा पार्क (बाल बालिका, जेष्ठ नागरिक, युवा सबैलाई सहज पार्क)

५.वार्ड स्वास्थ्य चौकीको सेवा बिश्तार, निशुल्क र राम्रो प्रसुती सेवा, सुगर प्रेसर परिक्षण टोली

६. IDEA बैंक तथा बिउ पुजीँ कोष स्थापना

७. SME Academy संचालन, उद्योय वाणिज्य संगको संयोजनमा व्यवसाय संचालन तालिम

८.सामुहिक कृषि प्रोत्साहन कार्यक्रम

९.बिपन्न नागरिकको पहिचान, खर्च व्यवश्थापनमा सहयोग गर्ने

१०.हरियो बिर्तामोड, फुलबारी बिर्तामोड लागु गर्ने, नमुना टोल तयार गर्ने

११. पालिका तथा अन्तर पालिका खेलकुद आयोजना

१२. जनमानसमा राजनैतिक चेतनाको लागी, “म मेयर बने भने” शिषर्कमा निबन्ध प्रतियोगिता गर्ने ।

लामो अबधि योजना

१.लाम्खुट्टे नियन्त्रणको लागी सरसफाई

२. Smart तथा महिला मैत्री सार्वजनिक शौचालय निर्माण प्रत्येक चोकमा

३.सबै बाटोमा बिज्ञापन पोस्ट सहितको सोलार सडक बत्ति

४.सरकारी तथा निजि पार्क व्यवश्थापन

५.सार्वजनिक खेल मैदान व्यवश्थापन

६.टोल टोलमा सरकारी सुविधा सहितको किल्निक

७. IDEA बैंक संचालन तथा बिउ पुजीँ कोष प्रयोग

८. बिद्यालय पाठ्यक्रममा बैज्ञानिक सत्ययुगको पाठ अध्यापन

९.माटोको आधारमा कृषि पकेट क्षेत्र यकिन गरेर कृषि उत्पादन

१०.कृषि उत्पादनको बजार व्यवश्थापनको लागि स्पट एश्चेन्ज तथा वेयरहाउस व्यवश्थापन

११.पुस्तकालय सहितका बाल बाटिकाहरु

१२.बिपन्न नागरिकको पहिचान, गरी आय बृद्धि तथा बचतको बानी बिकास गर्ने

१३.बिर्तामोड बजारलाई रमणीय बनाउने

१४.सरकारी शिक्षा तथा स्वास्थ्यको शुल्क कटौती

१५ प्थ्ए कथकतझ सूरु गरी नागरिकको तथ्याङ्ग व्यवश्थापन तथा छरीतो सेवा

१६.नगर भु उपयोग निति निर्माण, जग्गा खालि रहन हुदैन

१७. फोहोर व्यवश्थापन योजना

१८ खानोपानी संस्थालाई, पालिका मातहत ल्याईने