Monday, 23, May, 2022 info@saipalnews.com

नेकपा एसबाट चौरपाटी १ को अध्यक्षमा लालबहादुर मलासीको नाम सिफारिस

अछाम ६ वैशाख । चौरपाटी गाउँपालिका वडा नम्बर १ सीउडीको वडाअध्यक्षमा एकीकृत समाजवादीले लालबहादुर साउँद (मलासी) को नाम सिफारिस भएको छ ।

एकीकृत समाजवादीको वडा कमिटी अध्यक्ष तथा गाउँपालिका संगठन कमिटी सदस्य साउँदलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको हो ।

पत्रकार समेत रहेका साउद यस अघि नेकपा एमालेमा थिए । तर अहिले साउद माधव नेपाल नेतृत्वको नेकपा एसमा सक्रिय छन् । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका साउँद विभिन्न सामाजिक कार्यमा संग्लन छन् ।