Monday, 23, May, 2022 info@saipalnews.com

स्थानीय निर्वाचन : कांग्रेस बिगु गाउँपालिका ५ को वडाध्यक्षमा दीपकराज पाण्डे

दोलखा । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसले बिगु गाउँपालिका वडा नं ५ को वडाध्यक्षको उम्मेदवारमा दीपकराज पाण्डेको नाम सर्वसम्मत चयन गरेको छ । बिहीबार बसेको समितिको बैठकले युवा नेता पाण्डेलाई चिल्खांको अध्यक्षमा चयन गरेको हो ।

युवा पुस्तामा राम्रो छवि बनाएका पाण्डेलाई कांग्रेस वडाध्यक्षको उम्मेदवारमा चयन गरेसँगै चिल्खांका स्थानीय खुसी भएका छन् । विद्यार्थी राजनीतिबाट आएका पाण्डेलाई कांग्रेस वडा समितिले अध्यक्षको उम्मेदवारमा उठाएसँगै चिल्खांबासी खुसी भएका हुन् । लामो समयदेखि पुराना पुस्ताले गर्दै आएको राजनीतिक पछिल्लो समय युवा पुस्तामा हस्तातरण हुँदै गएपछि युवाहरु हर्षित भएका हुन् ।

यस्तै अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो उम्मेदवारी चिल्खांका स्थानीयबासीको जनजीवन परिवर्तन गर्नको लागि भएको बताएका छन् । उनले भने,‘मेरो उम्मेदवारी चिल्खांका स्थानीयलाई स्वास्थ्य,शिक्षा,रोजगारको पहुँचमा पुर्याउँनु हो ।

भौगोलिक हिसावले चिल्खांका दुर्गम रहेपनि यहाँ अवसरका प्रसस्त सम्भावना छन् । तीन सम्भावनाको उत्खनन् गरी चिल्खांलाई समृद्धी चिल्खांमा बनाउने लक्ष्य हो ।