Monday, 23, May, 2022 info@saipalnews.com

गठबन्धनबाट बाहिरियो एकीकृत समाजवादी पार्टी

काठमाडौं १० वैशाख । नेकपा एकीकृत समाजवादी अछाम गठबन्धनबाट बाहिरिएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि गठबन्धनको कसरतमा रहेका सत्तारुढ तीन दल मध्येमा समाजवादी अछाम गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धनमा भागबन्डा नमिलेपछि नेकपा एस अछामले गठबन्धनबाट बाहिरिने निर्णय गरेको एक नेताले बताए ।

ती नेताका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित जाने निधो गरेर छलफलमा रहेका तीन दल मध्येमा सामाजवादी एक्लै निर्वाचनमा जाने गरेर बाहिरिएको बुझिएको छ ।