Wednesday, 25, May, 2022 info@saipalnews.com

माओवादीले टुङ्ग्यायो स्थानीय निर्वाचनका उम्मेदवार

काठमाडौं १० वैशाख । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १-१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २-२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ ।

ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी चयन गरिएको छ । धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् । माओवादीले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ ।

कतै माओवादी र काँग्रेस कतै एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएको छ । कतिपय स्थानीय तहमा माओवादीले एकल प्रतिष्पर्धा पनि गरेको छ । आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ ।