दोलखा ११ वैशाख । दोलखाको विगु गाउँपालिका वडा नं ४ लादुक एमाले गाउँपालिका समिति सदस्य रामचन्द्र खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले विगुका प्रभावशाली नेता खड्का एमाले परित्याग गरि आइतबार राति माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यस्तै राप्रपा नेपालका पूर्व जिल्ला कमिटी सदस्य सुरेसचन्द्र खड्का राप्रपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार तथा नेता बलराम खड्काले पार्टीमा स्वागत गरेका हुन् । मन्तव्यको क्रममा खड्काले आफू पार्टी को सबैभन्दा पुरानो ब्यक्ति भएपनि,पार्टीले आफुलाइ अवहेलना गरेको भन्दै दुखेसो पोखे । उनले थप्दै केहि ब्यक्तिको हाइकम बाजिले एमाले छोडेको बताए ।
पछिल्लो समय जिल्लामा माओवादी केन्द्रमा प्रवेश गर्नको लहर बढेको छ ।