Tuesday, 24, May, 2022 info@saipalnews.com

डोटीको पूर्वचौकी गाउँपालिका ७ को अध्यक्षमा देवबहादुर बोगटी

डोटी १३ वैशाख । डोटीको पूर्वचौकी गाउँपालिका वडा नं. ७ को अध्यक्षको उम्मेदवारमा देवबहादुर बोगटीले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १२ गते बोगटीले एकीकृत समाजवादी पार्टीबाट पूर्वचौकी वडा नं.७ को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि साइपाल न्यूजसँग कुरा गर्दै बोगटीले आफ्नो उम्मेदवारी पूर्वचौकीको विकास र समृद्धिका लागि रहेको बताएका छन् ।

उनले भने, मेरो उम्मेदवारी पूर्वचौकी गाउँपालिकाको विकास र समृद्धीका लागि हो । वडा नं ७ का कतिपय टोलमा अहिलेपनि सडक,खानेपानी,शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पछि परेको छ ।

त्यसको व्यावस्थापन र ती टोलमा सडक सञ्जाल विस्तार,शिक्षा,स्वास्थ्य,खानेपानी र रोगजारको अवसर सिर्जना गर्नु मेरो मुख्य उद्देश्य हो । त्यहि उद्देश्य बोकेर मैले वडा नं. ७ को अध्यक्षमा उम्मेदवारी दिएका हुँ ।