Saturday, 21, May, 2022 info@saipalnews.com

सिए बुढाथोकीको मेयरमा स्वतन्त्र उम्मेद्वारी किन ?

काठमाडौं १४ वैशाख । देशमा गर्नुपर्ने कामहरू यति धेरै छन् कि एक जनाले पहाड चढ्दैमा, एक जनाले तक्मा थाप्दैमा केही हुनेवाला छैन । त्यसैले हामीले त्यस्तोलाई टुप्पोमा ठेल्नुपर्छ, जसले तलकालाई भर्‍याङ दिन सकोस् र सबैका निम्ति मैदान बनाउन सकोस् । हामीले त्यस्तो नेतृत्वलाई चुन्नुपर्छ, जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन, समुदाय र सामुदायिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस ।

नेतृत्वको आकांक्षा राख्ने नेपाली युवाले यो बुझ्न जरुरी छ कि विदेशी डिग्रीको बिल्ला भिर्दैमा, जुकरबर्गसँग आफ्नो उमेर मिल्दैमा यो देशलाई चाहिएको आफैँ हो भन्ठानेर ठोकुवा गर्नुअघि धेरै गृहकार्य गर्नैपर्छ । यो देश समय–कालको कुन अद्वितीय क्षणमा छ र यसभित्र कस्ता जटिलताहरू छन्,त्यो बुझ्ने मिहिनेत गर्नुपर्छ ।

नेपाली समाजले आजको युवासँग राख्ने अपेक्षा र हामीले राखेको नेतृत्वको अपेक्षा तादात्म्य तादत्म्य छ ? हामीले खोजेको नेतृत्व खास उमेर समूहसँग मात्र जोडिएको हो कि उसका विविध आयाम र प्रश्नहरूमा निर्भीक उभिन सक्ने भिजन, आचरण एवं व्यवहार भएको हो ? यस्तै अहिले पनि युवाहरूलाई कमजोर आँक्ने र मुख्य काममा विश्वास नगर्ने मानसिकता समाजदेखि राजनीतिक पार्टीहरूसम्म जब्बर रूपमा  छ । तर, समाज एकै दिन त परिवर्तन हुँदैन,तर उज्यालो कुरेर बस्ने कि बत्ती बालेर उज्यालो बनाउने भन्ने हाम्रो इच्छाशक्ति र तयारीमा भर पर्छ ।

जस्तै लामो समयको अनुसन्धान र परामर्शपछि सिए के.एच बुढाथोकी चितवनको कालिका नगरपालिकाको मेयरको चुनावी प्रतिस्पर्धामा होमिएका छन् । नगरपालिकाको विकाश र सम्बृद्धि हाम्रो मतमै निहित छ,भन्ने मुल नारासहित बुढाथोकी स्वतन्त्र उम्मेदवारीमार्फत चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।

कालिका नगरपालिकाका स्वतन्त्र उम्मेदवार बुढाथोकीको घोषणा पत्र यस्तो छ ।  

संविधानत स्थानीय निकायलाइ व्यवस्थापकीय भूमिका प्रदान गरेकोमा नीति, कार्यक्रम र बजेटको व्यवहारिक रुपमा तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन गरेर लाभग्राहीले आत्मसाथ गर्नेगरी काम गरेर देखाउने ठाउँ हो । तर यसमा दलिय भागवण्डा र कर्यकर्ता रिझाउन श्रोतको दुरुपयोग साथै व्यवस्थापकीय असक्षमता तथा नगर नेतृत्वको अदुरदर्शिताको कारण तै काले मै काले मिलेर खाम भाले भन्ने उखानको सारमा नगरको श्रोत दुरुपयोग भएको देखिन्छ ।

दलिय भागबन्डामा ठुला र लोकप्रिय कथा सुनायर शक्ति केन्द्रमा रहंदा जस्तोसुकै अप्ठ्यारोमा सहयोग गर्न पार्टी चाहिन्छ भन्ने भुत पैदा गरेर त्यही पुराना असक्षम तर राजनीतिलाई गरिखाने भांडो बनायका पात्रहरूले राजनैतिक दुश्चक्र खडा गरेर गर्न सक्ने शक्क्षम र योग्यहरुलाइ हारको डर पैदा गर्दे संधै हामी चाहिन्छ भन्ने भ्रममा राख्दै संधै त्यही अनुहारले राजनीति गर्ने र परिवर्तन उहांहरुको निगाहा जस्तो देखाउने प्रवृत्ति बढ्दो छ । जस्को चक्र तोड्ने शाहस राजनीतिलाई कमाइखाने भांडो नबनाउने सचेत नगरिकहरुले स्वतन्त्र उमेरद्वारी दिएर सबै समुदायका नागरिकहरुला साथसाथ लाने नयाँ कोशिस हामीले गर्न स्वतन्त्र उमेरद्वारी दिन उपयुक्त देखिन्छ ।

हामी नै किन राजनैतिक लाइन मिचेर अघि बढ्ने त ?

अग्रज राजनिज्ञहरुको सुरुवात नै अरुको हिंसा, बिरोध, कमजोरी, र निषेधको यात्रा संगै गुरिल्ला पद्धति बाट सत्ता कब्जा गर्ने र आफ्नै कार्यकर्ता अगाडि बढाउने शैली अनुसरण गरेर सुखी, शान्त र सम्पन्न नेपालको सपना देख्नु भुल हुनेछ त्यसैले राम्रो काम सुरु गर्न राम्रै सुरुवात जरुरी छ त्यो कसले सुरु गर्ने त ? त्यो तपाईं, म, र हामी नै हुनेछ; हामीले गफ भन्दा चुनौती स्वीकार गरेर समुदायको विकाशमा नयाँ बेन्चमार्क सेट गरेर, गरिरहेका र आउने राजनीति कर्मीहरुलाइ  असल राजनैतिक अभ्यास शुरु गर्न हामीले पहल गरौं भन्ने मेरो बुझाइ हो ।

के आवश्यक छ र कसरी पूरा गर्ने त ?

मुलत हाम्रो देश पछाडि पर्नुको कारण हामीमा भएको विभिन्न उत्पादन पद्धतिहरु जस्तै कृषि कर्मदेखी घरेलु उद्योग पद्धतिहरु बिर्सेर आफ्नो भनेपछी केही नरहने गरि अन्धाधुन्ध देखासिकीमा लागेर विस्तारै परनिर्भर अयातमुखी अर्थतन्त्र भएको अवस्थामा हामिले चतुरतापुर्वक आफ्नो घरेलु औद्दोगिक ज्ञनलाई निखारेर रैथने पद्धति र ब्वस्थापकिय कलाको आवस्यकता र औचित्य हेरेर आवश्यक भए अत्याधुनिक प्रविधिमा साना तर असिमित सम्भावना भएका उद्यमहरुलाई घरेलु, मध्यम हुँदै ठुलामा परिणत गरी आत्मनिर्भर बनाउन लागेर आय आर्जनका साथसाथै रोजगारी सृजना गराइ अन्तरर्भिर अर्थतन्त्रको विकाश गरी स्थानीय सरकार स्थिर बनाउदै लानुपर्ने छ ।

जसको लागि नागरिक सम्वृद्ध र सुरक्षित बनाउन कालिका नगर उद्यमीहरुको शहर भन्ने हाम्रो मुल सारमा कार्य गर्न चरणबद्द रुपमा निम्न अल्पकालिन, मध्यकालीन र दिर्घकालीन रणनीतिहरु लगाइनेछ जसले सुखी, शान्त र सम्पन्न नगरको परिकल्पना गर्न सकिनेछ जुन तपाईं हाम्रै हातमा छ र सम्भव छ । धरै काम बजेट नभएर भन्दा पनि नियत नभएर अघि नवढेको स्वीकार्य छ जसको लागि नगर विकाशको स्पस्ट भिजन लियर त्यस अनुसार काम गर्न गराउन सक्ने नेतृत्वको अवस्यकता छ ।

छोटो अबधिको योजना (१ वर्ष भित्र पुरा गरिने)

१.नगर तथा नगर मातहत रहेका सवै विभागमा कर्मचारीहररुलाई पदिय जिम्मेवारी बमोजिम काम गर्ने वातावरण सृजना गर्ने तथा ब्यवस्थापन चुस्त दुरुस्त वनाउन कमी कमजोरीहरु र त्यसको समाधानको उपाय सहित पहल गर्ने र त्यसको जानकारी सेवाग्राही तथा सरोकारवाला पक्षहरुलाई गर्ने गराउने ।

२.नगरको श्रोत, कमजोरी, अवसर र चुनौतिको पहिचान गर्ने र त्यसअनुसार रणनीतिहरु तय गर्ने ।

३.नगरको आम्दानीको श्रोतहरु पहिचन गरी आय आर्जनका गतिविधिहरु बढाउन राजस्व सुधार योजना प्रवभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने ।

४.सवै विद्दालयहरुको स्तरउन्नतिको लागि सरोकारवाला पक्षहरुसंग छलफल गरी नमुना विद्दालयको अवधारणामा संचालन गर्ने गराउने ।

५.सवै स्वस्थ्य चौकीहरुको स्तरउन्नतिको लागि सरोकारवाला पक्षहरुसंग छलफल गरी नमुना स्वस्थ्य चौकीको अवधारणामा संचालन गर्ने गराउने र अवस्यकता पहिचान गरी थप स्वस्थ्य चौकीहरु खोल्न पहल गर्ने । वार्ड स्वास्थ्य चौकीको सेवा बिस्तार, निशुल्क र राम्रो प्रसुती सेवा, सुगर प्रेसर परिक्षण टोलीको ब्यवस्था गर्ने ।

६.टेलिफोन तथा नेटको सहज पहुच पुर्याउने ।

७.नगर भरिका सवै ६० कटेका जेष्ठ नागरीकहरुलाई घरमै गइ त्रैमासिक रुपमा प्रेसर, सुगर लगायत प्रारम्भिक जांच गरी थप उपचार आवस्यकताको एकिन गरी आवस्यक भए परापर्श सेवा उपलब्ध गराउने ।

८.बिपन्न नागरिकहरुको पहिचान गरी शिक्षा तथा स्वास्थ्य खर्चमा सहयोग गर्ने ।

९.फोहर नै मोहर हो भन्ने भावना विकाश गरी विद्दालय शिक्षामा नै फोहर ग्रेडिङ गरेर राख्न सिकाउने र सफा नगरको लागि सवै नगरवासीहरुलाइ सचेत गराइ वातावरणमैत्री बन्न प्रोत्साहन गर्ने ।

१०.हम्रो नगरका नागरिकहरु अन्जान तथा नियतवस नेपालको संविधान विपरित कुनैपनि कार्यहरुमा संलग्न नहोस भन्ने उदेश्य वमोजिम प्रत्यम विद्दालयहरुमा संविधान तथा नैतिक शिक्षाको ब्यवाहरिक पठ्यक्रम लागु गर्ने गराउने ।

११.प्रत्येक वार्डमा स्थानिय होटल तथा रेस्टुरेन्ट ब्यावसायीहरुको संलग्नतामा होटल तथा रेस्टुरेन्टको खाली भित्तो प्रयोग गरी उद्दमी लाइबे्ररीको विकाश गर्ने र स्थानिय उत्पादनको प्रबद्धन गर्न नगरमा उत्पादित वस्तुहरुको प्रदर्शन गर्ने सहजिकरण गर्ने ।

१२.नगरपालिकाको संलग्नतामा निजि क्षेत्र संग मिलेर लगानी वोर्ड स्थापना गर्ने,IDEA बैंक तथा बिउ पुजीँ कोष स्थापना गर्ने ।

१३.प्रत्येक वार्डमा उद्दमी कर्यशाला (SME Academy) संचालन गर्ने, नगरको संलग्नतामा ब्यावसाय नवपर्बतन सेन्टर खोल्ने र उद्दम विकाशमा सघाउने । उद्योय वाणिज्य संघको संयोजकत्वमा व्यवसाय संचालन तालिम उपलब्ध गर्ने गराउने ।

१४.लगानी प्रर्वधन गर्न नगरपालिकाको लगानी सम्बन्धि निर्देशिका बनाउने तथा निजी क्षेत्रको परिचालन तथा लगानी अभियान मार्फत लगानीकर्तालाई जोड्न पहल गरिनेछ । सुविधाहरूमा पहुँच र स्थानीय कर संकलनको अधारमा लगानीकर्ताहरुलाइ प्रोत्साहन गरिनेछ ।

१५. जीर्ण अवस्थामा रहेका उधोगहरुलाइ पुनः स्थापना गर्ने योजना बनाइ आवस्यक प्राविधिक तथा वित्तिय परामर्श सेवा दिने र रोजगारी सृजनाको सम्भाब्यताको आधारमा अनुदान उपलब्ध गराउने ।

१६. ११ वटा वडामा नगरपालिकाको संलग्नतामा साना ११० , मझौला ११० र ठुला ११० गरी जम्मा ३३० उत्पादन तथा सेवामुलक उद्दमको विकाश गर्न तथा सो कार्यको लागि उपर्युक्त पात्रको पहिचान गरी सिप विकाश गर्न देश भित्र तथा वाहिर चलेका उद्दोगमा १वर्षे प्रशिक्षण प्रशिक्षार्थीको रुपमा काम गर्न पठाउन पहल गर्ने गराउने जसवाट कालिका नगर उद्दमीहरुको शहर भन्ने सपना साकार हुनेछ । यसको लागि विदेशमा काम गरेर फर्केका दक्ष जनशक्तिलाइ विशेष प्राथमिकता दिइनेछ ।

१७. कालिका नगरपालिकको घरेलु तथा साना उद्दम कोष २०७६ को प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने गराउने । नगरपालिकाले नेपाल लगानी बोर्ड, जिल्ला उधोग वाणिज्य संघ र अन्य उधोगहरु संग पनि साझेदारी गर्ने र र्बैंक मार्फत लगानी गर्न सकिने आयोजनाहरुको पहिचान र लगानीका चुननौतीहरुको अध्यायन गरी त्यस अनुसार उद्दमको प्रवद्धन गर्ने ।

१८.महाभारत पर्वतीय श्रृंखलामा पाइने चिउरी जातको वनस्पतिको संरक्षण गर्न स्थानीय सामुदायिक वन, स्थानिय चेपाङ समुदाय तथा सरोकारवाला पक्षहरुसँग समन्वय गरी चिउरीको बिरुवा रोप्ने र त्यसको संरक्षणको ब्यवस्थापन गर्ने गराउने ।

१९.कयर खोला, खगेरी, बुङ्गखोला र यसका आसपास रहेका पानीको मुहान संरक्षण गरी जल जीवको संरक्षण र त्यसको उपभोग सिमान्तकृत समुदायलाइ दिनेगरी ब्यवस्थापन गर्ने । खोलाहरुमा बांध बांधेर पानी जम्मा गर्ने प्रबिधी बाट मुहान संरक्षण गर्न सम्भब्यता अध्ययन गर्ने ।

२०.नगरको प्रत्येक सडक किनारमा पर्ने ब्यत्तिगत जग्गामा हरित कालिकाको अवधारणमा विरुवा रोप्न प्रोत्साहन गर्ने तथा सार्वजनिक खाली जग्गाहरुमा फलफुलको वोट विरुवा रोप्ने ब्यवस्था गर्न एक ब्यवस्थित वागवानी केन्द्रको ब्यवस्था गर्ने ।

२१.सामुहिक कृषि खेती तथा सहकारीको विकाशमा प्रोत्साहन कार्यक्रम ल्याउने ।

२२. नगर भित्र रहेका कृषि तथा महिला समुह हरुसंग भएको बचत परिचालन गरी नगरले बजेट थपेर उत्पादनमुलक उद्दोग वढाउन सहयोग गर्ने ।

२३. नीजि तथा सार्वजनिक क्षेत्रको सहकार्यमा खेल मैदानहरुको निर्माण, खेल प्रतियोगिताहरुको अयोजना तथा खेलकुद तालिम केन्द्रहरुको स्थापना गर्ने । पालिका तथा अन्तर पालिका खेलकुद प्रतियोगिता आयोजना गर्ने गराउने ।

२४.कृषि प्रविधिको प्रचार प्रसार तथा ब्यावसायीकरण गर्ने । स्थानिय तथा रैथाने कृषि तथा पशु बीउ विजनहरुको संरक्षण तथा प्रवर्धन गर्ने । माटोको आधारमा कृषि पकेट क्षेत्र यकिन गरेर कृषि उत्पादन गर्न प्रोत्साहित गर्ने ।

२५.सामुदायिक वन तथा प्रइभेट ब्यावसायीहरुसँग सहकार्य गरी जडिवुटी तथा फलफूलजन्य बोट बिरुवाहरुको संरक्षण गरी त्यसबाट उत्पादन भएको वस्तुको प्र्र्रशोधन तथा भण्डारण गरी बिक्री वितरण गर्न गराउन सहजिकरण गर्ने गराउने ।

२६.खानेपानी विस्तार, विजुली, पक्की सडक, सार्वजनिक यातायात, पुल, कुलो, कल्भर्ट, स्कुल कलेज भवन, हस्पिटल स्वास्थ्य चौकी भवन, खेल मैदान, कभर्ड हल, पार्क, किरिया पुत्री घर आदि .जस्ता पुर्वाधारको अवस्था र आवस्यकता पहिचान गरी आवस्यकताको प्राथमिकता अनुसार काम गर्न गराउन पहल गर्ने ।

२७. सार्वजनिक यातायात सेवालाइ प्रभावकारी वनाउन अन्तर नगर स्तरीय बिद्दुतिय रेल सेवाको सम्भाब्यता अध्ययन गर्ने ।

२८.नगरमा आवस्यक सुरक्षा प्रवन्ध प्रभावकारी वनाउने ।

२९.महिला तथा वाल हिंसा शुन्यमा झार्ने ।

३०. भ्रष्टाचारमा शुन्य सहनशिलता तथा सरकारी खर्चको मितब्ययीतामा प्रभावकारीता ल्याउने ।

३१. नगरपालिकाको व्यवस्थापन चुस्त वनाउन राष्ट्रिय स्तरको विषयगत विज्ञहरु सहितको स्वतन्त्र रणनितिक इकाइ  गठन गर्ने र पाक्षिक रुपमा राय सुझाव लिइ त्यसको प्रभावकारी प्रयोग गर्ने ।

मध्यम अबधिको योजना (३ वर्ष भित्र पुरा गरिने)

१.सामुदायिक बन तथा सर्वजनिक जग्गाहरुमा पुस्तकालय सहितका ३३ वटा बाल बाटिकाहरु, प्रत्येक वार्डमा ३ वटा हुनेगरी विकाश गर्ने । सार्वजनिक खेल मैदान व्यवस्थापन गर्ने । समुदायिक वनहरुमा वातावरण मैत्री हरित पार्कको ब्यवस्था गर्ने ।

२.आवश्यक स्थानमा Smat  तथा महिला मैत्री सार्वजनिक शौचालय बनाउने जसको लागि नगरमा एटिएम राख्ने बैंकहरुले सामाजिक उत्तरदायित्तव अन्तरगत एटिएम राख्दा पानीको प्रवन्धसहित Smart Toilet को प्रवन्ध गर्न लगाउने ।

३.विद्यालय पाठ्यक्रममा उद्दमशिलता, वित्तिय साक्षरता, फोहरमैला व्यवस्थापन, स्थानिय श्रोत र त्यसको उपयोगको पाठ अध्यापन गराउने । स्थानिय भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास गर्ने ।

४.सबै विद्यालयहरुलाइ नमुना विद्दालयको रुपमा बिकाश गरि सक्ने ।

५. सबै सामुदायिक वनहरु नफामा संचालन गराउने ।

६. बिपन्न नागरिकको पहिचान, गरी आय बृद्धि तथा बचतको बानी बिकाश गर्ने ।

७. नगर भु उपयोग निति निर्माण गरी जग्गा खालि रहन हुदैन भन्ने अभियान चलाउने ।

८. सवै नागरकिलाइ स्वास्थ्य विमा गराउने तथा विपन्न परिवारलाइ स्वास्थ्य विमामा सहुलियत दिने ।

९. उच्च स्तरको प्रविधिक शिक्षालयको विकाश गर्ने जसवाट दक्ष जनशक्ति उत्पादन गर्न सकियोस ।

१०. लेवर नोट जारी गरी पुर्बाधार विकाश गर्ने, क्रमश त्यसको भुक्तानी गर्ने र श्रम श्रोत खाली नराख्ने नीति लिने ।

११. टोल टोलमा चर्पी तथा नालाको फोहर संकलन गरी बायो ग्यांस प्लान्ट राखी न्युनतम शुल्कमा वायो उर्जाको विक्री गर्ने । कृषिमा आधारित वैकल्पिक ऊर्जा सम्बन्धी व्यावसायिक कार्य गर्ने गराउने ।

१२. शक्तिखोरको औद्दोगिक क्षेत्र छिटो भन्दा छिटो बिकाश गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्दोगहरुलाइ बैदेशिक लगानी मार्फत आवहान गरी नमुना हरित औद्दोगिक क्षेत्रको विकाश गरी रोजगार सृजना गर्ने ।

१३. नगरपालिकाको लगानीयोग्य ठुला परियोजनाहरूमा निजी क्षेत्रको साझेदारीमा लगानी र लगानीको विकासका लागि वित्तिय विकास संस्थाहरू (आईएफसी, सीडीसी, ओईसीडी, युरोपियन बैंक आदि) सँग समन्वयको लागि पहल गरिनेछ ।

१४. श्रोत र साधन को उपलब्धता र भबिष्यको सम्भाब्यताको आधारमा साना , मझौला र ठुला उद्दोगको आधार पहिचान गरी ११ वटा वडामा नगरपालिकाको संलग्नतामा साना एक सय १०, मझौला एक सय १०, र ठुला एक सय १० गरी जम्मा तीन सय ३० उत्पादन तथा सेवामुलक उद्दमको विकाश गर्न, पुँजीको संकलन, श्रोतको ब्यवस्थापन, प्रविधिको विकाश तथा पुर्वाधारको विकाश गरी उद्दोगहरु संचालनमा ल्याउने ।

१५. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइको ब्यवस्थापन गर्ने ।

१६. महाभारत पर्वतीय श्रृंखलामा चिउरी करिडोरको विकाश तथा संरक्षण संगै मौरीपालनमा प्रोत्साहन गरी चिउरीको मह झिक्ने सिजनमा त्यस महाभारत पर्वतीय श्रृंखलामा खुला मह महोत्सव आयोजना गर्ने जसवाट त्यस भेकमा पर्यटनको विकास गर्न मद्दत पुग्नेछ ।

१७. गैरिवारी, च्वारखोला, सिन्ती र चित्राम झरनामा जल पर्यटन विकाशको लागि पुर्वाधार विकाश गर्न निजि क्षेत्र संग सहकार्य गर्ने ।

१८. वडा नं ८, ९, १० र ११ मा पर्यटकिय गतिविधिको प्रोत्साहन हुने पुर्बाधार विकाशमा पहल गर्ने जसवाट सौराहमा आएका पर्यटकहरुको अकर्षण गर्न सकियोस । साथै सोही क्षेत्रमा घरेलु मदिराको उत्पादन इजाजत दिइ पर्यटन प्रवर्धन गर्न पहल गर्ने ।

२० .पर्यावरण र भौगोलिक तवरले पर्यटकिय सम्भावना रहेको चेपाङ जातीको बसोवास क्षेत्रमा चेपाङ जातिको ईतिहास र सामाजिक विकास सम्वन्धि खोज अध्ययन र अनुसन्धान गरि चेपाङ जातिको कला, संस्कृती, भेष, भुषा, जीवन यापन मmल्कने श्रोत सामाग्रीहरु संकलन गरि व्यवस्थित संग्राहलय निर्माण गरि आवश्यक प्रवर्धन गरी ठुलो संख्यामा आन्तरिक एवम वाहय पर्यटकहरु ल्याउने जसवाट त्यस क्षेत्र र सकल नगरपालिकाले आर्थिक सामाजिक विकासमा ठुलो फड्को मार्न सक्ने सम्भावना रहेको छ ।

२१. नगरपालिकाको जंगलमा आवश्यक पर्यावरणमैत्री पुर्वाधारहरु जस्तै  विश्रामस्थलहरु, खानेपानी आपूर्ति, र पथ चिन्हहरुको निर्माणको व्यवस्था गरी वन क्षेत्रमा पर्ने गरी भरतपुर देखि उपर्दाङ्गढी सम्म पर्यावरण मैत्री पैदल मार्ग सन्चालन गर्न सहजिकरण गर्ने ।

२२. वडा नं ६ मा शिक्षा र ७ मा बुटिक स्वास्थ्य क्षेत्र विकाश गर्न पहल गरिनेछ । ६० बर्ष माथिका सबै नागरिकहरुको लागि रु. १००,००० सम्मको निशुल्क स्वास्थ्य उपचारको बिमा गर्ने ब्यवस्था गर्ने ।

२३. वडा नं १ देखी ५ सम्म नमुना कृषि तथा पशुपालन सहित सो संग सम्वन्धित नमुना घरेलु तथा मझौला उद्दोगको विस्तार गरिनेछ  । अत्याधुनिक पशु चिकित्सालय खोल्ने ।

२४.सिंचाइको विकाश गर्न अन्य नगरहरु संग सहकार्य गरी हुग्दी शक्तिखोर सुरुङ्गको सम्भाब्यता हेरी सिंचाइ, बिद्दुत र सुरुङ्ग मार्गको विकाश गर्न पहल गरिनेछ ।

२५. खनेपानी विस्तार, विजुली, पक्की सडक, सडक बत्ती, सार्वजनिक यातायात, पुल, कुलो, कल्भर्ट, स्कुल कलेज भवन, हस्पिटल स्वास्थ्य चौकी भवन, खेल मैदान, कभर्ड हल, पार्क, किरिया पुत्री घर आदि जस्ता पुर्वाधारको अवस्था र आवस्यकता पहिचान गरी आवस्यकताको प्राथमिकता अनुसार दु्रत गतिमा निर्माण गर्ने गराउने ।

२६. ठुला विद्दुतिय सार्वननिक यातायातमा प्रोत्साहन गरी सौराहा, भरतपुर, नारायणगढ संग सहज सम्पर्क बढाउने जस्ले पर्यटकिय गतिबिधिमा सहयोग पुग्नेछ र सर्बसाधारणको यात्रा पनि सहज हुनेछ ।

लामो अबधिको योजना (५ वर्ष भित्र पुरा गरिने ) 

१. टोल टोलमा सार्वजनिक निजि साझेदारीमा योगा तथा फिटनेस सेन्टर खोल्ने ।

२.टोल टोलमा सार्वजनिक निजि साझेदारीमा सरकारी सुविधा सहितको किल्निक खोल्ने ।

३. सबै घरमा खानेपानी धारा पुर्याउने ।

४. सबै बाटोमा नाला र सडक किनारामा फुल तथा रुख सहित कालोपत्रे सडक पुर्याउने ।

५.सबै बाटोमा बिज्ञापन पोस्टर सहितको सोलार सडक बत्ति राख्ने ।

६. मर्यादित रोजगार र आर्थिक वृद्धि गर्न   कालिका नगर उद्दमीहरुको शहर योजना अन्तरगत सवै ३३० साना, मझौला तथा ठुला उद्दोगहरु पुर्ण संचालनमा ल्याउने र नगरको स्वामित्व भएकोमा निजि क्षेत्रलाई बिक्री वा हस्तान्तरण गरिसक्ने । शक्तिखोर औद्दोगिक क्षेत्रलाइ पुर्ण रुपमा संचालनमा ल्याउने ।

७. राजस्व असुली तथा कर प्रणाली चुस्त पार्ने ।

८. शान्ती, न्यायको लागि सुदृढ संस्थाहरुको विकाश गर्ने ।

९. नगरले प्रदान गर्ने सवै सेवा चुस्त दुरुस्त पार्ने ।

१०. जेष्ठ नागरिकहरुको लागि सार्वजनिक निजि साझेदारीमा प्रत्येक वार्डमा बृद्द आश्रमको ब्यवस्था गर्ने र गरिव तथा सिमान्तकृत वर्ग पहिचान गरि निशुल्क सेवाको ब्यवस्था गर्ने गराउने । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरू प्रति नगरपालिकाको अभिभावकीय उत्तरदायित्तव बहन गर्ने ।

११.सार्वजनिक निजि साझेदारीमा चिउरी करिडरबाट हुने उत्पादनहरु जस्तै मह, जुस र तेलको प्रशोधन गर्न प्रशोधन उद्दोग खोल्न पुर्वाधार तयार गर्ने गराउने ।

१२. स्थानिय उत्पादनको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान गराउन बौद्दिक सम्पित्तीको संरक्षण गराइ राष्ट्रिय तथा अन्तराष्ट्रिय मेला महोत्सवमा सहभागी गराउने तथा नगरमै राष्ट्रिय स्तरको उत्पादन प्रदर्शनी हल खोल्ने र उद्दममा प्रोत्साहन गर्न वार्षिक रुपमा नगरको उत्कृष्ट १० उत्पादन मध्ये प्रथम ५ लाख, द्दितिय ३ लाख, तृतिय २ लाख र वांकी लाइ ५०,००० का दरले प्रोत्साहन पुरस्कार ब्यवस्था गर्ने  ।

१३.  एक सय वेडको अत्याधुनिक बगैचा सहितको बुटिक अस्पताल, अर्युबेद हस्पिटल, होमियोप्याथी हस्पिटल खोल्ने ।

१४. सुकुम्बासी तथा भुमीहिनहरुको पहिचान गरी घर जग्गा धनी पुर्जा वितरण गर्न पहल गर्ने ।

१५. नगरस्तरीय फलफुल तथा तरकारी मन्डी, चिस्यान केन्द्र तथा सल्टर हाउसको ब्यवस्था गर्ने ।

१६. नगरको वार्षिक वजेट पांचौ बर्षमा ९६ करोडवाट  ५ अर्व पुर्याउने त्यसमा आन्तरिक श्रोतको हिस्सा ९० प्रतिशत पुर्याउने ।

१७. नगरको प्रति ब्यक्ति आय ५ वर्षमा २५०० डलर पुर्यायउदै नगरवासीलाइ वैदेशिक ऋणको भारवाट मुक्त गर्ने ।

१८. ५ वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी र मानव विकाश सुचांकमा कालिका नगरलाइ एक नम्वरको श्रेणीमा पुर्याइ अरु पालिकाहरुको लागि बेन्चमार्क सेट गर्ने र राजनिती भनेको भ्रम फैलाएर राज गरिरहने हैन नगरको समग्र मानव विकास सुचांकको लक्ष्य हांसिल गर्न कुशल ब्यवस्थापन हो भन्ने प्रमाणित गर्नु आजको आवस्यकता हो ।

विकाश र सम्बृद्धि हाम्रो मतमै निहित छ

के.एच. बुढाथोकी, चार्टर्ड एकाउन्टेन्ट

मेयर पदको स्वतन्त्र उम्मेद्वार

सम्पर्क कार्यालय माथिल्लो खोलेसिमल बजार

कालिका नगरपालिका चितवन

सम्पर्कः ९८४९००१७७५