Saturday, 21, May, 2022 info@saipalnews.com

कांग्रेसलाई ठूलो धक्का,प्रभावशाली नेता सवै एमाले प्रवेश

अछाम १४ वैशाख । अछामको तुर्माखाद गाउँपालिका नेपाली कांग्रेसका प्रदेशक (क) का उपसभापति वडा न ४ का वडा सभापतिसहति ५० जना कृयाशिल सदस्यहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

पार्टीको जिल्ला नेतृत्वले टिकट वितरणमा कार्यकर्ता तथा जनताको भावना विपरित आफ्नै ढंगले वितरण गरेपछि नेपाली कांग्रेसको कुनैपनी पदमा नरहने भन्दै संयुक्त रुपमा राजीनामा समेत दिनुभएको छ । नेपाली काग्रेस पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताहरु एमाले तुर्माखाद गाउँकमीटीले आयोजना गरेको कार्यक्रममा प्रवेश गरेका नेकपा एमाले अछामका उपसचिव तथा गाउँपालिका अध्यक्ष पदका उमेदवार डम्बर बिसीले जानकारी दिनुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा क्षेत्रीय प्रदेश ९क० का उपसभापति कर्ण बहादुर बयक, पूर्व जिल्ला कार्यसमिती सदस्य डिल बहादुर बयक, पूर्व गाउँपालिका संयोजक टेक बहादुर बयक, तुर्माखाद गाउपालिका वडा न ४ का वडा सभापती चक्र बहादुर बयक, खडक बहादुर बुढा, उज्जल बयक, गोकर्ण बिसी, सरस्वती बयक,शेर बहादुर बुढा, लगायतका ५० जना प्रवेश गरेका बताईएको छ ।

पार्टी प्रवेश गरेका नेताहरुले नेपाली काग्रेसबाट पालिकाको विकास सम्भव नभएको र पार्टी भित्र ब्यापक रुपमा बिकृती, विसंगती मौलाएको भन्दै अबका मितीबाट एमालेबाट सकृया राजनीती गर्ने प्रतिबद्धता जनाएका छन ।

अहिले देशभर नेकपा एमालेमा देखीएको प्रवेशको लहरलेपनि आफुहरु हौसीएको प्रवेशी नेताहरुको भनाई छ । नेकपा एमाले तुर्माखाद गाउँपालिकाले नेपाली काग्रेस परित्यागरि नेकपा एमालेमा प्रवेश भएका अगुवा नेताहरु संगै करिब ३ सय भन्दा बढि मतदाता एमालेमा थपीएको दाबी गरेको छ ।

यो प्रवेशले तुर्माखाद गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित गरेको नेकपा एमाले तुर्माखाद गाउँपालिका अध्यक्ष गौमती शाहीले बताउनुभयो । एकैपटक ५० जना बढी अगुवा नेताहरु एमालेमा प्रवेश गरेपछि तुर्माखाद गाउँपालिकामा नेपाली काग्रेसलाई ठुलो धक्का लगेको छ । जनताटाइम्स