Thursday, 24, November, 2022 info@saipalnews.com

खेलकुद अनुशासीत रहन सिकाउने माध्यम हो : अध्यक्ष साउद

अछाम ३ असार । चौरपाटी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ असार १ गतेबाट शुरु भएको प्रतियोगिता शुक्रबार (आज) सम्पन्न भएको हो ।

२५ विद्यामा भएको प्रतियोगितामा दशपल्लेपानी माध्यमिक विद्यालय प्रथम, बैजनाथ नमूना माध्यमिक विद्यालय पायल दोस्रो र सिउडी माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदले खेलकुद अनुशासीत रहन सिकाउने भएकाले यसलाई निरन्तरता दिएर अगाडि बढ्न आग्रह गरे । उनले खेलकुदको विकासका लागि गाउँपालिकाले बिशेष जोड दिने र, युवाहरुका लागि बेला बेलामा नियमित खेलकुदका प्रतियोगिता आयोजना गर्ने बताए ।

कार्यक्रममा गाउँपालिका – वडा नं.१ का वडाध्यक्ष वीरबहादुर थापा, वडा नम्बर ४ का वडाध्यक्ष लालबहादुर धामी, गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत धनबहादुर थापा लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले गरेका थिए ।